कर्मचारीलाई तिहारको उपहार कार, गहना र फ्ल्याट, ५० कराेड खर्च

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ९:३८ मा प्रकाशित

एजेन्सी – भारतीय एक कम्पनीले तिहारको शुभकामना स्वरुप आफ्ना कर्मचारीलाई कार, गहना र फ्ल्याट उपहार दिएको छ ।

A diamond company gives cars as Diwali bonusगुजरातस्थित एक डायमण्ड कम्पनी हरेकृष्ण एक्सपोर्टले आफ्ना कर्मचारीलाई कार, महंगा गहना, फ्ल्याट उपहार दिएर विश्वको ध्यान खिचेको छ ।

कम्पनीले ४९१ कर्मचारीलाई कार, ५ सय २५ कर्मचारीलाई महंगा गहना र २ सय कर्मचारीलाई फ्ल्याट उपहार दिएको हाे ।

कम्पनीका मालिक तथा हिरा व्यवसायी सबुभाइ ढोलाकियाले कर्मचारीहरुको योगदानले कम्पनीले लक्ष्य अनुसारको व्यापार गर्न सफल भएको खुसीमा तिहारको उपहार दिएको बताए । सन् १९९१ मा सुरु भएको उनको कम्पनीमा करिव ६ हजार कर्मचारी कार्यरत छन् । त्यसमध्ये परिश्रमि र बफादार १२ सयलाई यो बर्ष उपहारका लागि छनौट गरिएको छ । यसरी उपहार पाउनेहरु कम्पनीभित्र सरसफाईको काम गर्ने सामान्य मजदुरसमेत छन् ।

‘म समाजबादी हैन, ब्यापारी हुँ’ ५० बर्षीय ढोलकियाले भने – ‘मैले जे गरिरहेको छु त्यो सोसियल बिजनेस हो । तर, म चिन्दै नचिनेका मान्छेलाई च्यारिटीका नाममा दान दिएर खुसी पार्न चाहन्न, म उनीहरुलाई खुसी पार्छु जसले मेरो कम्पनीका लागि दुःख गरेका छन, जसले नाफा कमाइदिए उनीहरुलाई नाफा बाँड्न चाहान्छु ।’

सुरुमा कम्पनीले सवै कर्मचारीका लागि ४-४ लाख रुपैयाँको बजेट छुट्टाएको थियो । सो रकम बराबरको गाडी, गहना वा फ्ल्याट किन्ने छनौट कर्मचारीलाई दिइएको थियो ।

उनीहरुकै छनौटअनुसार उपहार दिइएको ढोलकियाले बताए । तिहारको उपहार वितरणको लागि सो कम्पनिले ५० करोड रुपैयाँ खर्च गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us