दैलेख, ४ कात्तिक – दैलेखमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।
जीप सदरमुकाम नजिकै बिनी खोलामा खसेको हो । भे १ च ५६० नम्बरको जीप नारायण नगरपालिका नजिकैको सडकबाट एक सय मिटर तल बेनी खोलामा खसेको स्थानीय सञ्चारकर्मीले जनाएका छन् ।
घटनास्थलबाट १८ जना घाइतेलाई उद्दार गरी जिल्ला अस्पताल पुर्या इएको स्थानीयले बताएका छन् ।