संवाद समितिको म्याद थप, दलहरुलाई अन्तिम मौका

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते ८:४० मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक – संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले सहमति गर्न र प्रश्नावली बनाउन थप समय पाएको छ । मङगलबार बसेको संविधानसभा बैठकले समितिलाई कार्तिक १५ भित्र सहमति बनाउनुपर्ने र १६ गते असहमतिका विषयमा प्रश्नावली तयार पार्नुपर्ने जिम्मेवारीसमेत तोकेको छ ।

caसमितिका सभापति बाबुराम भट्टराई अनुपस्थित भएपछि समितिका सदस्य लक्ष्मणलाल कर्णले वैठकमा प्रतिवेदन पेस गरेका थिए। छलफलपछि जवाफ पनि उनैले दिएका थिए।

सहमति भएन भन्ने व्यहोराको प्रतिवेदन उपर सभासदहरुले धारणा राखेपछि जवाफमा कर्णले भने, ‘सहमतिको विकल्प छैन भन्ने कुरा आएको छ। सहमति नभए प्रक्रियामा जानुपर्ने पनि सभासदहरुको धारणा आएको छ। सहमतिको प्रयास जारी छ।’

गोकर्ण रिसोर्टमा भइरहेको तीन दलीय वैठकप्रति संकेत गर्दै उनले भने, ‘सहमतिका लागि नै सभापति र शीर्ष नेताहरु छलफलमा हुनुहुन्छ। सहमतिमा संविधान ल्याउन सबै नेताहरु गम्भिर हुनुहुन्छ।

सभामा असहमतिका विषय निर्वाचन प्रणाली शासकीय स्वरुप र राज्यपुनर्संरचनाका विषयमा आएका कुराहरु समितिले मार्गदर्शनको रुपमा लिएर अघि बढ्ने छ।’

अब समितिका लागि थपिएको समयमा विवादका विषयहरुमा सहमतिको प्रतिवेदन र सहमति भए असहमतिको प्रतिवेदन पेश गरिने उनले बताए।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us