आयल निगम सधैं घाटामा, कपडा किन्न र कोठा सफा गर्न कर्मचारीलाई भत्ता

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते २:१८ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक–३५ अर्ब घाटा र ३७ अर्बको ऋणमा रहेको आयल निगमका कर्मचारीले मौसमअनुसार वार्षिक दुईपटक पोसाक भत्ता लिने गरेका छन् ।
nepal-oil-nigam8निगम कर्मचारीले जाडो र गर्मीमा नयाँ लुगा किन्न दुईपटक पोसाक भत्ताको रकम बुझ्दै आएका छन् ।
हरेक वर्ष पदअनुसार निगमका कर्मचारीले १९ देखि २१ हजार रुपियाँ पोसाक भत्ता लिने गरेका छन् । सबैभन्दा तल्लो तहका पिएन, माली र स्विपरले वार्षिक १९ हजार ७९ र महाप्रबन्धकले २० हजार नौ सय ४८ रुपैयाँ पोसाक भत्ता लिन्छन् ।

निजामती कर्मचारीलाई भने सरकारले वर्षमा एकपटक सात हजार पाँच सय रुपैयाँ मात्रै पोसका भत्ता दिने गरेको छ । ‘एक कर्मचारीले वर्षमा दुईपटक पोसाक भत्ताबापत रकम बुझ्छन्,’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले भने ।
स्रोतका अनुसार असोज र चैतमा निगम कर्मचारीले पोसाक भत्ता बुझ्दै आएका छन् । निगम व्यवस्थापनले ‘शितकालीन र ग्रिष्मकालीन समय’को व्याख्या गरी कर्मचारीलाई दुईपटक पोसाक भत्ता वितरण गर्ने निर्णय गरेको हो । निगममा ६ सय ३६ कर्मचारी छन् ।
यसैबीच,आयल निगमले कर्मचारीको घर वा कोठा सफा गर्न समेत रकम पाउने गरेको छ । ‘घर संरक्षण खर्च’ स्वरुप प्रतिमहिना चार सय ५० देखि १ हजार ६ सय २० रुपैयाँसम्म कर्मचारीले लिने गरेका छन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us