२० हजार कर्मचारी भ्रष्टाचारी, भ्रष्टाचार गर्न नसक्ने ३२ हजार कुण्ठामा

काठमाण्डु टुडे २०७१ कार्तिक ४ गते २:०२ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– सरकारी सेवामा कार्यरत ८० हजार कर्मचारीमध्ये ३२ हजार निजामती कर्मचारी निराश र कुण्ठामा बाँचिरहेका छन् ।
तल्लो तहका यस्ता अधिकांश कर्मचारी सोझा, इमान्दार र चाकडी गर्न नसक्ने स्वभावका छन् ।
नेपाल जिनमती कर्मचारी संगठनले प्रशासन विज्ञहरुको संलग्नतामा गरेको अध्ययनअनुसार ४० प्रतिशत कर्मचारी निराशा र कुण्ठा बोकेर काम गरिरहेका छन् । उनीहरु सरकारी जागिरलाई जिविकोपार्जनको भरपर्दो र सशक्त माध्यम ठान्दैनन् । कार्यालयमा भ्रष्ट सहकर्मीहरुको बोलवाला हुने र टाठाबाठाहरु वैकल्पिक व्यवसायमा पनि संलग्न रहेकाले उनीहरु निराश र कुण्ठित रहेको अध्ययनले देखाएको छ ।
अध्ययनअनुसार ८ हजार (१० प्रतिशत) कर्मचारी भ्रष्टाचारमा अत्याधिक लिप्त छन् । उनीहरुसित अकुत सम्पत्ति छ । र, बिलासी जीवन बाँचिरहेका छन् । यस्ता कर्मचारीहरु सरुवा बढुवादेखि ठेक्कापट्टासम्ममा संलग्न हुने गर्छन् ।
त्यस्तै, १२ हजार (१५ प्रतिशत) कर्मचारी प्रत्यक्ष वा परोक्ष रुपमा भ्रष्टाचारजन्य कार्यमा संलग्न छन् । यस्ता कर्मचारी पनि कामभन्दा चाकडी र चाप्लुसीमा बढी भर पर्ने गरेको अध्ययनको दाबी छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us