कुनै दलले चाहेजस्तो संविधान बन्दैन: भट्टराई

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ११:४८ मा प्रकाशित

गोरखा, ३ कात्तिक – संवैधानिक राजनीतिक संवाद समितिका सभापति बावुराम भट्टराईले जतिसुकै रटान लाएपनि कुनै दलले चाहेजस्तो संविधान नबन्ने दाबी गरेका छन् ।

Baburam-Bhattarai_AP_20120907053211‘मैले संविधानसभामा रहेका ३१ दलका नेताहरुलाई भनेको छु ’ उनले भने, ‘सहमतिको संविधान ल्याउने अन्तिम प्रयत्न सुरु भएको छ ।’ दोस्रो संविधान सभाको निर्वाचन पछि हरेक महिना गृह जिल्ला आउने कार्यक्रम अनुसार सोमबार यहाँ आएका उनले संविधान बनाउन आलटाल गर्न नहुने बताए ।

नवजागृति चण्डी उमाविको वाषिर्क उत्सवमा बोल्दै उनले परिवर्तनलाई संस्थागत र सुनिश्चित गर्ने संविधान चाहिएको दावी गरे । ‘नेपालमा अब बन्ने संविधान ७ औं संविधान हो’, भट्टराईले भने, ‘संविधान बनाउने नाममा जस्तो पायो त्यस्तो बनाएर पुरानै संविधानको पुनरावृत्ति गराउन हुदैंन ।’

सबै राजनितिक शक्तिको सहमतिमा संविधान बनाउन सके मात्र दिगो हुने उनको धारणा थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us