अर्काको नामको चेक साटेर ठग्दै हिड्ने पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते १०:५० मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक – अर्काको नाममा रहेको चेक साटेर ठग्दै हिड्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट दाङसिंङ १ का ३३ वर्षीय होमबहादुर तामाङ र ललितपुर खोकना ७ का ३८ वर्षीय शरणकुमार तामाङ छन् ।

डंगोल लाजिम्पाटबाट र तामाङ लैनचौरबाट पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी परिसर हनुमानढोकामा राखिएको छ ।

डंगोल र तामाङले हितेश अग्रवालको नाम रहेको एनआईसी एसिया बैंकको १ लाख ६० हजारको चेक अनाधिकृत रुपमा प्राप्त गरी रकम निकालेको प्रहरीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us