छोरीमाथि बलात्कार गर्ने बाबु पक्राउ

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ६:५२ मा प्रकाशित

मोरङ, ३ कात्तिक – मोरङमा छोरीमाथि बलात्कार गर्ने एक बाबु पक्राउ परेका छन् ।

सङ्खुवासभा मोरङ सुन्दरपुरका ३७ वर्षीय युवकलाई आफ्नै नौ वर्षीया छोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा पीडित बालिकाकी आमाले प्रहरीलाई जानकारी गराएपछि बाबुलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलबारीबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालकाले बताए ।

पीडित बालिकालाई स्वास्थ्य उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान पठाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us