सरकारबाट तिहारमा देउसी भैलोमा प्रतिबन्धपछि बत्ती बाल्न रोक

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ५:२६ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– तिहार हिन्दू नपालीहरुको दोश्रो ठूलो पर्व हो । तिहार शब्दले नै  मानिसहरुलाई फूल, बत्ती, मिठाई र देउसी–भैलोको सम्झना गराउँछ ।

तर, सरकारका कारण यसपालिको तिहार अघिल्ला वर्षहरुमा जस्तो रमाइलो नहुने छनक देखिएको छ । गृह मन्त्रालयले केही दिनअघि सार्वजनिक सूचना जारी गर्दै साँझ ७ bijuliबजेपछि देउसी भैलो नखेल्न उर्दी जारी गरेको थियो ।

सुरक्षालाई कारण देखाउँदै गरिएको गृहको त्यस्तो उर्दीैको सामाजिक सञ्जालदेखि चियापसल र सार्वजनिक यातायात सबैतिर सर्वत्र विरोधको आवाज सुनिएको छ । यस्तैमा सरकारले फेरि सोमबार तिहारलाई नरमाइलो बनाउने अर्को सूचना जारी गरेको छ ।

नेपाल विद्युत प्राधिकरणले साँझ सात बजेपछि झिलीमिली बत्ती बाल्न रोक लगाएको छ । सूचनामा घर, पसल, मल तथा सडकमा उत्सव बत्ति नबाल्न भनिएको छ ।

साथै कात्तिक ५ गतेदेखि ८ गतेसम्म बेलुकीको समयमा फ्रिज, आइनर, राइस कुकर, एसीजस्ता विद्युत खपत हुने उपकरण नचलाउन पनि प्राधिकरणको आग्रह छ । आफ्नो आग्रंहको बेवास्ता गरिए त्यस्ता उपभोक्ताको विद्युत सेवा विच्छेद हुन सक्ने चेतावनी दिइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us