नेपालका व्यापारीलाई भारतीय डनको जेलबाटै धम्की

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ४:४९ मा प्रकाशित

पर्सा, ३ कात्तिक– वीरगन्जका उद्योगी– व्यवसायीलाई तीन महिनादेखि भारतीय नम्बरबाट धम्कीयुक्त फोन आइरहेको खुलेको छ । भारतको पूर्वी चम्पारण जिल्लाको मोतिहारी जेलमा रहेका सुनिल सिंहको नामबाट धम्की आउने गरेको प्रहरीले जनाएको छ ।
सीमापारिका सुरक्षा निकायसँग पछिल्लो समयमा सीमावर्ती नेपाल प्रहरीको समन्वय बिग्रिएका कारण आपराधिक समूहका गतिविधिमा अंकुश लाग्न नसकेको पीडित व्यापारीको बुझाइ छ ।
त्यो समूहको पहिचान भइसकेपछि हामी बिहारस्थित भारतीय प्रहरीसँग समन्वय गरेर नियन्त्रण गर्ने प्रयत्नमा लागेका छौं, पर्साका प्रहरी नायब उपरीक्षक वीरबहादुर ओलीले भने, चाँडै सफलता मिल्ने आशा छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us