ठूला नेताका अगाडि चित्रबहादुरका दुई किस्सा

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ४:३७ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– सैवैधानिक राजनीतिक संवाद तथा सहमति समिति बैठकमा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले दुईवटा कथा हालेका थिए ।
chitra bdr kcती सुनेर शीर्ष नेता पेट मिचिमिची हाँसेका थिए । उनका दुई कथा यस्ता छन् :
संघीयतामा लामालामा कुरा गर्ने तर सहमति नगर्ने नेताको प्रवृतिलाई प्रतिकात्मक रुपमा अथ्र्याउन उनले प्रस्तुत गरेको पहिलो किस्सा:
पहिले गाउँमा मुखियाको घरमा तमाखु खाने चलन थियो । आफ्नो बाबु मरेपछि एकजना स्थानीय मुखियाकोमा तमाखु खान गएको थियो । मुखियाले तमाखु हाले, आफैं खाए । त्यो मान्छे मुखियाको तमाखु पर्खेको पख्र्यै भयो । उल्टै मुखियाले तमाखु नदिन तेरा बाबु कहिले मरेको, के रोग लागेको थियो, के औषधि गराइस् भन्दै लम्बाउँदै लगे । विचरा तमाखु खान पाइन्छ भनेर बसेको मान्छेलाई रिस उठेछ र भनेछ, ‘सोमबार बेथा लाग्यो मंगलबार मरे, तमाखु दिनुहोस् न लामा कुरा किन चाहिए ?’
दोस्रो किस्सा:
लेकको एक मान्छे बेसी आयो । बेसी झरेको त्यो मान्छेलाई मालिकले खेत जोत्न पठाएछ । खेतमा पनि गह्राभरि पानी टन्न थियो । खेतै नजोतेको मान्छेले अब कसरी खेत जोत्ने ? उसले त हलोले सही जोत्यो कि जोतेन भन्ने कुरा टम्म भरिएको पानीमा देख्न सकेन र खेत जोत्न सकेन । केसी भन्छन्, ‘हो त्यस्तै भएको छ हाम्रो संघीयता । संघीयता हामीले देखेको र चाहेको नभई विदेशीले बोकाइदिएको भारी भएको तर्क नेता केसीको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us