पारससँग जान हिमानीलाई कसले मनायो ?

काठमाण्डु टुडे २०७१ कार्तिक ३ गते ४:१४ मा प्रकाशित

काठमाण्डु, ३ कात्तिक– पारससँग अनौपचारिक रुपमा सम्बन्ध बिच्छेद गरिसकेकी पूर्वयुवराज्ञी हिमानी शाह अन्तत: लोकलाजकै लागि भए पनि तिनै कुलंगार पतिलाई himaniनेपाल फर्काउन बैंकक जाने भएकी छन् ।
सासू, ससुरा, आफन्त र पारिवारिक आग्रहमा हिमानी पारसका लागि अन्तिम पटक बैंकक जान सहमत भएको उच्च स्रोतले जनाएको छ ।
पारसले यसपटक थाई कानुनअनुसार धरौटीमा छुट्न कठिन हुने मुद्दा झेलिरहेका थिए । साँघु साप्ताकिहमा प्रकाशित समाचारअनुसार बैंककस्थित नेपाली दूतावासले पनि यसपटक पारस सजिलै छुट्न नसक्ने जानकारी गराएको थियो । तर, यसबीचमा नेपालको पूर्वराजपरिवारले थाइ राजपरिवारसँग सम्पर्क गरेर मुद्दालाई केही सहज बनाएर धरौटीमा छुट्ने वातावरण बनाएको निर्मल निवास स्रोतले जनाएको छ । नेपालको राजपरिवार र थाइल्यान्डको राजपरिवारबीच पूरानो सम्बन्ध हो । त्यही सम्बन्धका आधारमा पारसका लागि अन्तिम एकपटक भनेर राजदरबारले पहल गरेको बताइएको छ । थाइ राजपरिवारको पहलमा त्यहाँको प्रहरीले पारसप्रति केही नरमपना अपनाएपछि ७ लाख थाइ भाट अर्थात् २१ लाख रुपैयाँ धरौटी बुझाएर छुटाइए पनि मुद्दा टुंगिएको छैन । सो रकम राजपरिवारले हुण्डीमार्फत बैंकक पठाएको बताइएको छ । यसबीचमा पूर्वराजारानी र हिमानीले पारसलाई वेवास्ता गरेको र निर्मल निवासकै कारण पारस बिग्रिएको जस्ता प्रचार रुपमा भएपछि ज्ञानेन्द्र शाह पनि चिन्तित भएका छन् । उनले यसबीचमा हिमानीलाई सम्झाईबुझाइ गरेर पारसलाई भेट्न बैंकक जान सहमत गराएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us