श्रीमती विदेश पठाएर छोरीमाथि बलात्कार

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते १४:२५ मा प्रकाशित

झापा, २ कात्तिक– आफ्नै छोरी बलात्कार गर्ने  झापाका एक व्यक्ति पक्राउ परेका छन् ।
जिल्लाको हल्दीवारीका ४० वर्षीय सोरेन थरका एक व्यक्तिलाई छोरी बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रीमती वैदेशिक रोजगारीमा रहेका बेला उनले आफ्नै छोरीलाई बलात्कार गरेका थिए । सारेनकी श्रीमती २० महिनाअघि वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएकी थिइन् । श्रीमती विदेशिएपछि उनले १० वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको जाहेरीका आधारमा पक्राउ गरिएको झापा प्रहरीका प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए ।

सोरेनले गत असोज १४ गते र १६ गते आफ्नै कान्छी छोरीलाई टेलिभिजन हेर्ने क्रममा बलात्कार गरेको पीडितकी दिदीले देखेपछि प्रहरीमा खबर गरेकी थिइन्  ।
पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us