गणतन्त्रले पनि केही गरेनः तुलाधर

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते १३:३८ मा प्रकाशित

padmaratnaकाठमाण्डु, २ असोज– आदिवासी जनजाति अगुवा पद्यरत्न तुलाधरले मुलुकमा गणतन्त्र आए पनि जनजीवनमा त्यसले कुनै प्रभाव नपारेको बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघले चाडपर्वको अवसरमा आइतबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा गणतन्त्र झल्कने गरी परिवर्तन नआएको भन्दै आपत्ति जनाएका हुन् ।

सबै खाले विभेद कायमै राखेर गणतन्त्र घोषणा गरेर केही नहुने उनको भनाइ थियो । ‘जनयुद्ध र जनआन्दोलनमा सबै तह र तप्काको सहभागिता थियो तर फेरि पनि बहुसंख्यक जनतामाथि विभेद कायमै छ’ उनले भने ।
सडकमा हुँदा आन्दोलनका कुरा गर्ने नेताहरुले सत्तामा पुगेपछि विभेद गर्ने गरेक भन्दै तुलाधरले जनताले परिवर्तनको अनुभूति गर्न नपाएको गुनासो गरे ।
यही स्थितिबाट देश उम्काउन भन्दै उहाँले आपूmहरु आन्दोलन जान लागेको समेत चेतावनी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us