केटी जिस्काउने बानी छ ? होस् गर्नुस् जेल जानु पर्ला

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते १३:१४ मा प्रकाशित

काभ्रे, २ कात्तिक– प्रायः युवाहरुमा युवती जिस्काउने आदत हुन्छ । केटी जिस्काउनुलाई युवाहरुले पुरुषार्थ ठान्छन् ।
तर , अब केटी जिस्काउनेलाई प्रहरीले नछाड्ने भएको छ । काभ्रेमा युवती जिस्काएको आरोपमा प्रहरलिे एकजनालाई सार्वजनिक अपराधमा मुद्दा चलाएको छ ।

पक्राउ पर्नेमा कात्तिके देउराली–८ का ३२ वर्षीय  झम्कप्रसाद गौतम रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । उनले जिल्लाको मादनकुडारी–९ स्थित आफ्नै घरमा बसिरहेकी युवतीलाई मादकपदार्थ सेवन गरी जिस्काएका थिए ।

गौतमले पानी खाने निहुँमा युतवीमाथि अभद्र व्यवहार गरेको काभ्रे प्रहरीले जनाएको छ । गौतमलाई जिल्ला प्रशासन कार्यालयबाट सात दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us