भाइटीकाको उत्तम साइत ११ बजेर ३५ मिनेटमा

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते १३:०० मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– यो वर्षको भाइटीकाको उत्तम साइत आगामी कात्तिक ८ गते शनिबार बिहान ११ बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।
समिति अध्यक्ष डा.रामचन्द्र गौतमले भाईटीकाको दिनभर साइत भने नचाहिने बताए ।  कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने तिहार अर्थात् यमपञ्चक पर्व यो वर्ष ४ गते मङगलबारदेखि सुरु हुँदैछ ।
४ गते काग तिहार, ५ गते कुकुर तिहार, ६ गते लक्ष्मी पूजा, ७ गते गाईपूजा, गोवद्र्धनपूजा र नेवार समुदायले मनाउने नर्या वर्ष अर्थात् नेपाल संवत् ११३५ एवम् म्हपूजा परेको छ ।

यस्तै, कात्तिक ८ गते भाइटीका परेको छ । भाइटीकाको दिनलाई तिहारको सबैभन्दा महत्वपूर्ण रुपमा मनाउने गरिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us