धरान , २ कात्तिक – धरानको भानुचोकस्थित घण्टाघरबाट खसेर एक युवतीको घटनास्थलमै मृत्यु भएको छ ।
मोरङ हरैचा ९ की २१ बर्षीया हेमन्ती मगरको आईतबार दिउँसो घण्टाघरको माथिल्लो तलाबाट खसेर मृत्यु भएको हो ।
उनी श्रीमान टोपबहादुर मगरसहित घुम्न गएकी थिइन् । श्रीमानसहित रमाइलो दृष्य अवलोकन गरिरहेकी हेमन्तीको घण्टाघरबाट खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनका श्रीमान टोपबहादुरलाई प्रहरीले अनुसन्धानकालागि नियन्त्रणमा लिएको छ ।
हेमन्ती र टोपबहादुरले भर्खरै विवाह गरेका थिए ।