बाबुराम भन्छन्, ‘ अन्तरवस्तु बाहेक प्रक्रियामा जान पनि सकिन्छ ’

काठमाण्डु टुडे २०७१ कार्तिक २ गते ११:०५ मा प्रकाशित

काठमाण्डु, २ कात्तिक– एकीकृत माओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले राजनीतिक दलहरुले आफ्ना मुद्धालाई बटमलाइनको भनिरहे माघ ८ मा संविधान नआउने बताएका छन् ।

Baburam-Bhattarai_AP_20120907053211नेवा राष्ट्रिय मुक्ति मोर्चाले काठमाण्डुको क्षेत्रपाटी पार्टी प्यालेसमा गरेको चियापान समारोहमा बोल्दै ‘मेरो गोरुको १२ टक्का’ भन्दै दलहरु टसमस नहुने हो भने संविधान नबन्ने बताएका हुन् ।

एकीकृत माओवादीले अघि सार्दै आएको पहिचानको ५ र सामथ्र्यको ४ प्रदेशमा सहमति जनाउन पनि उनले आग्रह गरेका छन् ।

प्रक्रिया एउटा विधि हो । तर अन्तरवस्तुमा सहमति भए अन्य विषयमा प्रक्रियमा जान सकिने उनले स्पष्ट पारे ।

‘१२ बुँदै सम्झौताले पूर्णता पाएको छैन । साथै १२ बुँदे यताका सम्झौतालाई उल्लङघन गर्ने कुचेष्टा कुनै पनि दलले गर्नुहुदैन ’ उनले भने, ‘हस्ताक्षर गर्ने पार्टीले सहमतिमा जानुको विकल्प छैन । ’

माघ ८ भित्र संविधान ल्याउन म र मेरो पार्टीको प्रयत्न रहने उनले बताए ।

कार्यक्रममा काँग्रेस नेता भिमसेनदास प्रधान, एमाले नेता रामवीर मानन्धर, मधेसी नेता जितेन्द्र देवलगायतले सम्बोधन गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us