काठमाण्डु, २ कात्तिक – नेपाल विद्यार्थी संघले आसन्न महाधिवेसनको प्रचारप्रसार अभियान अन्तर्गत मेची–महाकाली यात्रा थालेको छ ।
आसन्न महाधिवेसनका अध्यक्षका प्रत्यासी निलकण्ठ रिजालको नेतृत्वमा प्रचारप्रसारमा हिंडेको नेविसंघ नेता जयराम दाहालले जानकारी दिए ।
शनिबार काठमाण्डुबाट सुरु गरेको यात्रा मकवानपुर, बारा, पर्सा, सर्लाही, सिरहा, महोत्तरी, धनुषामा पुगेर टुङ्गीने नेता दहालले बताए । हरेक जिल्ला कार्यालयमा गएर
नेविसंघको भावी कार्यदिशा र नेतृत्वको विषयमा छलफल गरेको रिजालले प्रष्ट पारे ।
नेविसंघको महाधिवेसन कात्तिकको अन्तिम सातमा हुने तय भएको छ ।