सुनको भाउ उकालो लाग्ने क्रम जारी

काठमाण्डु टुडे २०७१ कार्तिक १ गते ४:५४ मा प्रकाशित

काठमाण्डु, १ कात्तिक– यो साता सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेको छ ।
goldआइतबार तोलाको ५१ हजार ७ सय रुपैयाँमा किनबेच भएको सुनको मूल्य शुक्रबार ५२ हजार ६ सय रुपैयाँ पुग्यो ।

सोमबार, मंगलबार र बुधबार तोलाको ५२ हजार रुपैयाँमा किनबेच भएको सुनको मूल्य बढेर बिहीबार र शुक्रबार ५२ हजार ६ सय कायम भयो ।

चाड पर्वका कारण दक्षिण एसियामा सुनको माग बढेकाले मूल्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यही क्रम जारी रहे आगामी साता पनि सुनको मूल्य बढ्न सक्ने व्यवसायी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us