गम्भीर सुरक्षा थ्रेटको हल्लाले मुस्लिममाथि निगरानी

काठमाण्डु टुडे २०७१ असोज ३१ गते २:५१ मा प्रकाशित

काठमाण्डु, ३१ असोज– नेपालमा गम्भीर सुरक्षा ‘थ्रेट’ भएको भन्दै भारतीय दूतावासले गोप्य लिखित सूचना दिएपछि गृह मन्त्रालयले सिरियालगायत इस्लामिक मुलुकबाट नेपाल प्रवेश गर्ने यात्रुको गतिविधिलाई निगरानीमा राख्न सुरक्षा निकायालाई निर्देशन दिएको छ । ।
सूचना सार्वजनिक भएपछि सुरक्षा निकायका प्रमुखहरुको बैठक दिनहँजसो बसिरहेको छ । सोही विषयबारे छलफल गर्न बिहीबार गृहसचिवको अध्यक्षतामा बसेको सुरक्षा प्रमुखहरुको बैठकले सिरियालगायत इस्लामिक मुलुकका नागरिक प्रवेश गर्दा विशेष निगरानी गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
प्रहरी प्रवक्ता माधव जोशीले विमानस्थलको सुरक्षामा कडाइ गर्न सुरक्षा डेस्क खडा गरिएको बताए ।
उक्त डेस्कले विमानस्थल सुरक्षामा खटिएका प्रहरीसँग समन्वय गरी विदेशी यात्रुको गतिविधि निगरानी गर्नेछ । डेस्कले बुधबार नै काम सुरु गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us