चितवन, २८ असोज – चितवनको फिस्लिङमा कार र ट्रक एकआपसमा जुधेर भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
काठमाण्डुबाट मुग्लिङ जाँदै गरेको बा ३ च ५५१६ नम्बरको कार र मुग्लिङबाट काठमाण्डु आउँदै गरेको ना ४ ख ४४४१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा कारमा सवार पाँच मध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।
कारमा सवार काठमाण्डु लब्सीफेदीका सरोज तिवारी, ललिता तिवारी र कार चालक सृजन पोख्रेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनमा डीएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
दुर्घटनामा परी घाइते भएका साधुराम तिवारी र आयुसा तिवारीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा ओभरटेक गरेर गएको कार विपरीत दिसाबाट आइरहेको ट्रकमा ठोक्किएको थियो ।