पाचौं श्रीमती कुटेर छैटौं भित्र्याउन खोज्ने इन्जिनियर पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २८ गते ३:२९ मा प्रकाशित

विराटनगर, २८ असोज– मोरङमा छैटौंपटक श्रीमती ल्याउन खोज्ने एक इन्जिनियर पक्राउ परेका छन् ।
खानेपानी तथा सरसफार्इ डिभिजन कार्यालय राजविराजका इञ्जिनियर ५५ वर्षीय राजकुमार यादव बहुविवाहको आरोपमा पक्राउ परेका छन् ।

पाँचौं श्रीमतीमाथि कुटपिट गरी छैठौं ल्याउन खोजेपछि उनी पक्राउ परेका हुन् । पाँचौ श्रीमती ३५ वर्षीया सन्जुलादेवी यादवको को उजुरीका आधारमा उनलाई राजविराज–९ राजदेवी टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यादवले अघिल्ला दुई पत्नी बेपत्ता पारेका थिए भने दुईको रहस्यमय मृत्यु भएको थियो । पाचौं पटक ०६७ सालमा सप्तरी देउरी भरुवा मुसहर्नियाकी विवाहिता सन्जुलासँग प्रेमविवाह गरेका थिए । उनी सन्जुलासँग सम्बन्ध विच्छेद गरी छैठौं विहेको तयारीमा थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us