फुटको संघारमा वैद्य माओवादी

काठमाण्डु टुडे २०७१ असोज २८ गते २:४८ मा प्रकाशित

काठमाण्डु, २८ असोज– तीन वर्षअघि एमाओवादीबाट विभाजित भएर बनेको नेकपा–माओवादी फुटको संघारमा पुगेको छ ।
mohan baidhya-netra bikram chandमहासचिव रामबहादुर थापा र सचिव नेत्रविक्रम चन्दको विवादका कारण पार्टी फुट्न लागेको हो । एमाओवादीसँग पार्टी एकताका पक्षमा उभिएका थापा र विपक्षमा उभिएका चन्दबीच विवाद बढ्दै गएको छ ।

विवाद चर्कंदै गएपछि थापा र चन्दले एक अर्कालाई निषेध गर्न थालेका छन् । संगठनात्मक संरचनामा आ–आफ्नै पकड जमाउन थापा र चन्दको होडबाजी बढेपछि केन्द्रदेखि तल्ला कमिटिसम्म विभाजनको रेखा कोरिएको छ ।
‘जनयुद्धको जगमा जनविद्रोह’ को कार्यदिशा सही मान्ने थापा र त्यो कार्यदिशा अपूर्ण रहेको ठान्ने चन्दको विवाद राजनीति, संगठन र प्राविधिक विषयमा बढ्दै जान चालेको एक नेताले बताए । ‘पार्टीभित्रको अन्तरसंघर्ष पेचिलो र गम्भीर छ’ पोलिटव्युरो सदस्य नारायण शर्माले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us