मोरङ, २७ असोज– मोरङ केराबारी– ६ मा एक ६ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।
बलात्कारमा संलग्न रहेको आरोपमा केराबारी–६ का स्थानीय २१ वर्षीय शम्भु विक पक्राउ परेका छन् । जबर्जस्ती करणी गरेको आरोपमा पीडित परिवारले उजुरी दिएपछि प्रहरीले विकलाई पक्रेको हो ।
मोरङ प्रहरीका नायब उपरीक्षक प्रभुप्रसाद ढकालले विकलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।