काँग्रेस–एमालेको खाका मान्दैनौं: महरा

काठमाण्डु टुडे २०७१ असोज २७ गते १३:२३ मा प्रकाशित

kb maharaइटहरी, २७ असोज– एमाओवादी महासचिव कृष्णबहादुर महराले सत्ताधारी काँग्रेस–एमालेले अघि सारेको संघीयताको मोडल आफूहरुलाई स्वीकार्य नुहने बताएका छन् ।

एमाओवादीसहित २२ दलीय मोर्चाले सुनसरीको इटहरीमा बुधबार गरेको विरोध सभालाई सम्बोधन गर्दै महराले पहिचानसहितको संघीय संविधान जारी नभए आन्दोलनमा जानुको विकल्प नरहेको बताए ।

महराले काँग्रेस–एमाले परिवर्तनविरोधी र यथास्थितिवादी शक्ति भएको आरोप लगाए । उनले संघीयता पक्षधर र विरोधीबीच धु्रवीकरण बढिरहेको बताए । विभेदमा पारिएका नागरिकले अधिकार माग्दा काँग्रेस–एमाले मुलुक टुक्रने भन्दै आफ्नै जनतासँग तर्सिएको दाबी उनको थियो ।

परिवर्तनका एजेण्डा कमजोर पारेर तीन वर्षपछि संविधान जारी गर्ने पक्षमा काँग्रेस–एमाले रहेको आरोप लगाउँदै महराले पहिचानसहितको संघीय संविधान नबने स्वीकार्य नहुने बताए ।
कार्यक्रममा संघीय लिम्बूवान पार्टीका अध्यक्ष कुमार लिङ्देन, फोरम लोकतान्त्रिकका उपाध्यक्ष जीतेन्द्र देव, तमलोपा केन्द्रीय सदस्य सीएन केसी, संघीय समाजवादीका उपाध्यक्ष मोहम्मद रिजवान अन्सारी, तराई मधेस सद्भावना पार्टीका महासचिव रामकुमार मण्डल, जनमुक्ति पार्टीका चन्द्रबहादुर खापुङ, नेपाल कम्युनिष्ट पार्टीका महासचिव तिलक थापामगर र फोरम नेपालका चन्देश्वर खत्वे लागायतले पहिचानसहितको संघीयता नभए मुलुक द्वन्द्वमा जाने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us