प्रेमिकालाई भर्गवती बनाएर हत्या गर्ने चालक पक्राउ

काठमाण्डु टुडे २०७१ असोज २७ गते १४:०३ मा प्रकाशित

काठमाण्डु, २७ असोज– प्रेमिकालाई गर्भवती बनाएर हत्या गर्ने प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे सापिङ्– ३ का ३३ वर्षीय निर्मलराज गिरी छन् । उनलाई महानगरीय अपराध महाशाखाको विशेष टोलीले मंगलबार पक्राउ गरेको हो ।  गिरी बस चालक रहेको प्रहरीले जनाएको छ । उनले
सिन्धुपाल्चोक सेलाङ–९ स्थायी घर भई ललितपुर उपमहानगरपालिका–९ च्यासल डेरा गरी बस्ने प्रमिका ३० वर्षीया रिता थापाको हत्या गरेको वरिष्ठ प्रहरी उपरीक्षक पुष्कर कार्कीले बताए ।

उनीहरुबीच घटनाको ९ महिनादेखि प्रेम सम्बन्ध रहेको र गिरी थापाकै डेरामा बस्दै आएको कार्कीले जानकारी दिए । भर्गपतन गराएको विषयमा विवाद बढ्दै गएपछि गिरीले थापाको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । गिरीलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुरको जिम्मा लगाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us