बबरमहलमा बस पल्टिँदा चारको मृत्यु

काठमाण्डु टुडे २०७१ असोज २७ गते १३:५२ मा प्रकाशित

काठमाण्डु, २७  असोज– काठमाण्डुको बबरमहलमा यात्रुबस पल्टिँदा चारजनाको मृत्यु भएको छ । धुलिखेलबाट काठमाण्डु आएको बा १ ख ८६७६ नम्बरको बस रातो भाले accidentरेष्टुरेण्‍ट अगाडि अनियन्त्रित भई पल्टिएको हो ।
पल्टिएको बसले बा ३२ प २३७६, बा ५६ प ३५३८, बा ३७ प १६३९, बा ६५ प ३६९८ नम्बरको मोटरसाइकल घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । मृतकमध्ये तीन जना मोटरसाइकल चालक र एक बसका यात्रु छन् । मृतकको पहिचान हुन सकेको छैन । घटनामा घाइते भएकाहरुको बानेश्वरस्थित निजामति अस्पतालमा उपचार भइरहेको छ ।
उता काठमाण्डुकै पूरानो बसपार्कमा ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । न २ ख ३२१७ नम्बरको ट्यांकरको बा ५० प ७६७७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us