सत्ताधारीहरुले पेल्न खोजे संघर्षमा उत्रन्छौं:अनन्त

काठमाण्डु टुडे २०७१ असोज २७ गते ११:५३ मा प्रकाशित

राेल्पा, २७ असोज – एकीकृत माओवादी सचिव बर्षमान पुन ‘अनन्त’ले सत्ताधारी दलहरुले सहमति नगरी पेल्न खोजे परिवर्तनकारी शक्तिहरुले संघर्ष गर्ने चेतावनी दिएका छन् ।

barshamanक्रान्तिकारी पत्रकार संघ रोल्पाले सोमबार गरेको पत्रकार भेटघाटमा सचिव अनन्तले विवादित विषयमा सहमति कायम गरी जनतासँग गरिएको बाचा अनुसार आगामी माघ ८ मा जसरी पनि संविधान जारी गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कसैलाई बाईपास गर्न नहुने भन्दै उनले सर्वमान्य संविधान जारी गर्न दलहरु प्रतिबद्ध रहेको जिकिर गरे ।

कांग्रेस र एमालेले विपक्षी दलहरुलाई कमजोर बनाउन खोजेको आरोप लगाउदै एमाओवादी सचिव अनन्तले आफूहरुको हैसियतलाई ख्याल गर्न आग्रह गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us