पूर्वमा २२ दलीय मोर्चाको जनप्रदर्शन

काठमाण्डु टुडे २०७१ असोज २७ गते ९:४२ मा प्रकाशित

इटहरी, २७ असोज – एकीकृत माओवादी नेतृत्वको २२ दलीय मोर्चाले विरोध सभा आयोजना गरेको छ ।

ITAHARI-MA-BIRODHSAVA-22-DALसोमबार इटहरीमा आयोजना गरेको विरोधसभामा पहिचानसहितको संविधान निर्माणमा दबाव हजारौ जनता सडकमा उतारेको हो ।

विरोधसभालाई सम्बोधन गर्न राजधानीबाट एमाओवादी महासचिव कृष्णबहादुर महरा, तमलोपा अध्यक्ष महन्थ ठाकुर र खम्बुवान मोर्चाका सभासद आरके

खम्बुलगायतका नेताहरु इटहरी पुगेका छन् । सभा व्यवस्थापनको जिम्मा कुमार लिङदेन संघीय लिम्बुवान राष्ट्रिय पार्टीले लिएको छ ।

राजधानीमा असोज २४ गते एमाओवादीको व्यवस्थापनमा कोणसभा भएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us