बारामा प्रहरीको गोली लागेर मृत्यु भएकालाई सहिद घोषणा गरिने

काठमाण्डु टुडे २०७१ असोज २७ गते २:५२ मा प्रकाशित

बारा, २७ असोज– बारामा प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएपछि उत्पन्न तनाब साम्य भएको छ ।
कलैया–बंकुल ३० किलोमिटर जीर्ण सडक मर्मतको माग गर्दै सिम्रौनगढमा स्थानीयले गरेको प्रदर्शनमा सशस्त्र प्रहरीले गोली चलाउँदा शनिबार हरिहरपुर–७ का जयनारायण पटेलको घटनास्थलमै मृत्यु भएको थियो ।

घटनापछि आक्रोशित स्थानीयले आइतबार सदरमुकाम कलैयामा प्रदर्शन गरेका थिए । स्थानीय प्रशासन, पीडित परिवार र सरोकारबालाबीच ११ बुँदे सहमति भएपछि बाराको जनजीवन बिहानैदेखि सामान्य बनेको छ ।
परिवारलाई उचित क्षतिपूर्ति दिन, मृतककी जेठी छोरीलाई रोजगारी दिन, कलैया–सिम्रौनगढ, सडक मर्मतको काम थाल्न, उक्त सडक खण्डको नाम जयनारायण पटेल मार्ग राख्न, घटनास्थलमा मृतकको शालीक निर्माण गर्न, पटेललाई सहिद घोषणाका लागि सिफारिस गर्न तथा घटना छनबिनका लागि समिति गठन गर्न स्थानीय प्रशासन सहमत भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us