दसैंको टिका लगाउन माइती हिंडेकी महिला नौ दिनदेखि बेपत्ता

काठमाण्डु टुडे २०७१ असोज २७ गते २:४२ मा प्रकाशित

काठमाण्डु, २७ असोज– दसैंको टिका लगाउन माइत हिँडेकी नुवाकोट जिलिङ–३  दाहाल गाउँकी सीता दाहाल नौ दिनदेखि बेपत्ता छिन् । हराएकी महिलाका माइती पक्षले खोजीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालय नुवाकोटमा धर्ना दिएका छन् ।
बडादसैंमा टिका लगाउन पतिसँगै माइत हिँडेकी दाहालको अवस्था अझै अज्ञात छ । खड्गभन्ज्याङ गाविस–५ फिर्केपस्थित माइतीघरमा टीका लगाउन भनेर घरबाट हिँडेकी

दाहाल कसैको सम्पर्कमा नआएपछि घरपरिवारले नै कैफियत गरेको आरोप लगाएका छन् । माइती पक्षका सय जनाले प्रहरी कार्यालय पुगेर न्यायको लागि आग्रह गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us