
काठमाण्डु, २७ असोज– बिहान सात बजेदेखि नै खटिने परराष्ट्र न्त्रालयका कर्मचारीलाई खाना खुवाउन आवश्यक रकम अर्थ मन्त्रालयले निकाशा नदिएपछि राहदानी वितरण प्रभावित भएको छ ।
राहदानी विभागमा करारमा कार्यरत ७४ मध्ये ३० कर्मचारी बिहान सात बजे नै कार्यालयमा आइपुग्ने गरेका छन् । त्यसबापत उनीहरुलाई भत्ता नदिई बिहानको खाना खुवाउने गरिएको थियो ।
तर, माग गरेको २० लाख रुपैयाँ अर्थले दिन नमान्दा विभागले ती कर्मचारीलई सबेरै बोलाउन नसक्ने भएको छ । यसबाट राहदानी वितरणको समय नै प्रभावित हुने भएको छ । विभागले भने राहदानी वितरणबाट दैनिक झन्डै तीन करोड राजस्व उठाउँछ ।
बजेट नपाउँदा कात्तिकबाटै काउन्टर खुल्ने समय परिवर्तन गर्नुपर्ने अवस्था आएको विभागका एक उच्च अधिकारीले बताए । ‘उहाँहरु –कर्मचारीलाई) बिहान खाना खुवाउने गरेका थियौं ।
तर पटकपटक ताकेता गर्दा पनि रकम निकासा गर्न अर्थ तयार नभएपछि अब उहाँहरुलाई बोलाउन नसक्ने भएका छौं’ विभागका ती अधिकारीले भने ,‘उहाँहरु नआए काउन्टर १० बजे मात्र खोल्न विभाग बाध्ध्य हुनेछ ।’