पारस छुटाउन ज्ञानेन्द्रले पठाए सात लाख थाई भाट

काठमाण्डु टुडे २०७१ असोज २७ गते २:३३ मा प्रकाशित

काठमाण्डु, २७ असोज– विगतमा पूर्वयुवराज पारसलाई दुःख पर्दा साथ दिने तथा रकमको खाँचो पर्दा सहयोग गर्ने पूर्वराजपरिवारका आफन्त पारस लागूऔषधसहित पक्राउ ganendraपर्दा भने कोही पनि थाइल्याण्ड गएका छैनन् ।
गएको बुधबार पारस गाँजासहित थाइल्याण्ड र लाओस सिमानाको लुङखाइमा पक्राउ परेपछि स्थानीय प्रहरी हिरासतमा छन् । पारसलाई आपत पर्दा सहयोग गर्ने धीरेन्द्रपुत्री दिलासा, शीताष्मा र पूजा शाही तथा नातेदार राजीव शाही निर्मल निवासमै छन् ।

तर, पारसलाइ छुटाउन हुन्डीमार्फत ७ लाख भाट पूर्वराजा ज्ञानेन्द्रले थाइल्याण्ड पठाएका छन् । पारसलाई आज अदालतमा पेस गरिने पनि बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us