पारसलाई निर्मल निवासको किन यस्तो उपेक्षा ?

काठमाण्डु टुडे २०७१ असोज २६ गते २:०७ मा प्रकाशित

काठमाण्डु, २६ असोज– गाँजासहित थाइल्यान्डमा पक्राउ परेका पूर्वयुवराज पारस शाहलाई छुटाउन वा स्वदेश फर्काउन निर्मलनिवासले कुनै पहल नगर्ने भएको छ । paras-at-Thailand1पूर्वराजपरिवारले पारसको अवस्थाबारे औपचारिक रुपमा सोधिखोजी पनि गरेको छैन ।
निर्मल निवास स्रोतका अनुसार छोरो पक्राउको घटनाले पूर्वराजा ज्ञानेन्द्र र रानी कोमल चिन्तित बनेका छन् । तर, उनलाई रिहा गराउनेबारे कसैसँग छलफल गरेका छैनन् । थाइल्यान्डस्थित नेपाली दूतावाससित पनि निर्मलनिवासका तर्फबाट सम्पर्क नभएको स्रोतले जनाएको छ ।
पारसलाई बुधबार थाइ प्रहरीले गाँजासहित पक्राउ गरेको थियो । यसअघि पनि गाँजासेवन र सार्वजनिक स्थलमा तोडफोड गरेको आरोपमा पारसलाई पक्राउ गरेका थिए ।

बैंककमा रहेका नेपालीले पारस पक्राउ परेको जानरकारी निर्मल निवासमा गराएका थिए । पूर्वअधिकारकुमार धिरेन्द्रका छोरीहरु पारसलाई भेट्न बैंकक जाने सम्भावना रहेको स्रोत बताउँछ ।

तर पक्का भइसकेको छैन । पारसका साथी राजेश सिंह भने सोमबार सम्ममा बैंकक जाने भएका छन् । उनी यसअघि पनि पटकपटक पारसलाई भेट्न गइरहन्थे ।
नयाँ पत्रिका दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us