काठमाण्डु, असोज २६ असोज– ब्रह्माण्डको चारैतिर फैलिएर रहेको अदृश्य पिण्ड ‘डार्कम्याटर’ बारे नेपाली खगोलसास्त्रीले नयाँ तथ्य फेला पारेका छन् ।
अस्ट्रेलियामा अनुसन्धानरत डा. प्रज्वल काफ्ले आकाशगंगा (मिल्की वे) मा रहेको ‘डार्कम्याटर’ को तौल यसअघि मानिएको भन्दा करिब आधा मात्र रहेको पत्ता लगाएका हुन् ।
अष्ट्रेलियाको पर्थस्थित युनिभर्सिटी अफ वेस्टर्न अस्ट्रेलियाअन्तर्गत इन्टरनेशनल सेन्टर फर रेडियो एस्ट्रोनोमी रिसर्च –आइसीआरएआर) मा कार्यरत जनकपुर– ४ का काफ्लेको अनुसन्धानअनुसार डार्कम्याटरको तौल ८ खर्ब सूर्य पिण्डबराबर मात्र छ ।
यो अनुसन्धानले सौर्यमण्डलसमेत रहेको आकाशगंगालाई परिक्रमा गर्ने ठूलो आकाशगंगा तीनवटा मात्रै किन छन् ? भन्ने खगोलशास्त्र क्षेत्रमा दुई दशकदेखि जारी खोज अनुसन्धानको जवाफ दिएको छ ।
नागरिक दैनिकबाट