प्रधानमन्त्रीले गरे १७ तले सेराटन होटलको उदघाटन

काठमाण्डु टुडे २०७१ असोज २५ गते १०:२१ मा प्रकाशित

काठमाण्डु, २५ असोज– प्रधानमन्त्री सुशील कोइरालाले पाँचतले सेराटन होटलको शिलन्यास गरेका छन् ।
अष्ट्रेलियास्थित एमआइटी ग्रुप होल्डिङ्सको लगानीमा राजधानीको कान्तिपथमा निर्माण हुन लागेको होटलको कोइरालाले शनिबार शिलन्यास गरेका हुन् ।

गैरआवासीय नेपाली संघ, एनआरएन अध्यक्ष शेष घलेको लगानी रहने उक्त होटलको होटलको लागत ८ अर्ब रहेको बताइएको छ । उनले प्रतिकुल समयमा समेत ठूलो लगानी भित्र्याएको भन्दै घलेको प्रशंसा गरे ।

उनले विदेशमा रहेका अन्य नेपालीलाई पनि स्वदेशमा लगानी गर्न आग्रह गरे । १७ तले उक्त होटल २०१८ को फेब्रुअरीबाट सन्चालन गर्ने लक्ष्य कम्पनीको छ । होटल सन्चालनमा आएपछि यसबाट नाफा कमाउन १५ वर्ष लाग्ने कम्पनीको प्रक्षेपण छ ।

होटलमा २ तला पार्किङ, बेसमेन्ट, लबीसहित १३ वटा तलामा गेष्टरुम हुनेछन् । होटलको मुख्य आर्कषण एक हजार सिट क्षमताको सभाकक्ष हुने घलेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us