नेविसंघ केन्द्रीय सदस्यबाट टीका लगाएर काँग्रेस भए पूर्वमन्त्री

काठमाण्डु टुडे २०७१ असोज २५ गते १०:०६ मा प्रकाशित

रौतहट, २५ असोज– पूर्वस्वास्थ्य राज्यमन्त्री व्रजकिशोर सिंह पुनः नेपाली कांग्रेसमै फर्किएका छन् ।
कांग्रेस रौतहटद्वारा शनिबार यहाँ आयोजित कार्यक्रममा सिंह पूरानै घर फर्किएका हुन् । उनलाई नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सूर्यबहादुर थापाले टीका लगाएर पार्टी प्रवेश गराए ।

कार्यक्रममा सिंहले लामो इतिहास बोकेको काँग्रेस छाडेर विगतमा आफूबाट गल्ती भएको बताए । पछिल्लो समय कांग्रेसले लिएको नीति सही रहेको उनको दाबी थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us