प्रधानमन्त्रीलाई काँग्रेस सभासदको प्रश्न, ‘महेश बस्नेतजस्तो ‘गुण्डा’ लाई किन मन्त्री बनाउनुभो ?’

काठमाण्डु टुडे २०७१ असोज २५ गते १०:०१ मा प्रकाशित

काठमाण्डु, २५ भदौ– काँग्रेस संसदीय दलको बैठकमा युवा संघ अध्यक्ष महेश बस्नेतलाई उद्योगमन्त्री बनाइएकोमा प्रधानमन्त्री सुशील कोइरालाको चर्को आलोचना भएको छ ramhari
बैठकमा बोल्दै सभासद् रामहरि खतिवडाले बस्नेतलाई मन्त्री बनाउनु ठीक नभएको बताए । अमेरिकामा उपचार गराएर स्वास्थ्य ठीक पारेजस्तै मुलुक र पार्टीको अवस्था स्वस्थ बनाउन उनले प्रधानमन्त्रीलाई आग्रह गरे ।

‘स्वच्छ छविका मान्छेलाई मन्त्री बनाउँछु भन्ने तपाईंले महेश बस्नेतजस्तो विवादास्पद ‘गुण्डा नाइके’ लाई मन्त्री बनाएर आफ्नै दौरामा हिलो छर्कने काम किन गर्नुभयो ?’ खतिवडाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने, ‘जसरी आफ्नो स्वास्थ्य अमेरिका गएर ठीक पार्नुभयो, त्यसै गरी पार्टी र मुलुकको स्वास्थ्य राम्रो बनाउनुस् ।’

बैठकमा केही सभासदले सत्ता साझेदार एमालेले ७५ वटै जिल्लामा एक पक्षीय रुपमा सुकुम्बासी आयोग गठन गरेर कार्यकर्ता भर्ती गरेको भन्दै आयोग खारेजीको माग गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us