सुशील कोइराला सरकार इतिहासकै भ्रष्ट: सुजाता

काठमाण्डु टुडे २०७१ असोज २५ गते ९:४६ मा प्रकाशित

Sujata-Koiralaकाठमाण्डु, २५ असोज– कांग्रेस नेतृ सुजाता कोइरालाले सुशील कोइराला नेतृत्वको वर्तमान सरकार ‘इतिहासकै भ्रष्ट भएको आरोप लगाएकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको संसदीय दल बैठकमा सुजाताले सरकार इतिहासकै भ्रष्ट भन्दै आक्रोश पोखिन् । बैठकमा उनले आफूमाथि अपराधीलाई जसरी कारबाही गरिएको भन्दै आपत्ति जनाइन् । आफूमाथिको कारबाही तत्काल फिर्ता हुनुपर्ने उनको भनाइ थियो ।

बिपी कोइरालाको विचारका पक्षमा रहेकाहरुमाथि धमाधम कारबाही गरिएको उनको भनाइ थियो ।

‘पार्टीमा बिपीको विचारसँग सहमत हुनेहरुमाथि धमाधम कारबाही हुन थालेको छ’, बैठकमा उनले भनिन्, ‘म हत्यारा हो र कारबाही गर्ने ?’ गत ४ मंसिरमा सम्पन्न संविधानसभा निर्वाचनमा मोरङमा पार्टीका उम्मेदवार आमोदप्रसाद उपाध्यायलाई हराउन खोजेको भन्दै उनलाई तीन महिनाका लागि निलम्बन गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us