सहुलियतको चामलमा पनि व्यापारीकै हालीमुहाली

काठमाण्डु टुडे २०७१ असोज २५ गते २:३१ मा प्रकाशित

काठमाण्डु, २५ असोज– सरकारले सर्वसाधारणका लागि भनेर सञ्चालन गरेका सुपथ मूल्य पसलबाट पनि व्यापारीले फाइदा उठाइरहेका छन् ।
सुपथ पसलबाट एउटै व्यापारीले बोराका बोरा चामल सस्तोमा किनेर सर्वसाधारणलाई महँगोमा बेचिरहेका छन् । चाडपर्वमा सर्वसाधारणलाई खाद्यान्न खरिदमा सहुलियत दिन सरकारले संस्थानमार्फत १ असोजदेखि सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याएको थियो ।

खाद्य संस्थानले विभिन्न ठाउँमा राखेका यस्ता पसलबाट चामल प्रतिकिलोमा पाँच रुपैयाँ छुट दिएर बिक्री गरिरहेको छ । खास गरेर किराना पसलेले सुपथ मूल्य पसलबाट चामल किनेर लैजाने गरेका छन् । सहुलियतमा किनेको चामल व्यापारीले अर्कै बोरामा राखेर महँगो मूल्यमा उपभोक्तालाई बेचिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us