राजधानीमा फेरि सल्बलाए सिक्री लुटेरा

काठमाण्डु टुडे २०७१ असोज २५ गते २:२७ मा प्रकाशित

काठमाण्डु, २५ असोज– मोटरसाइकलमा आएर पैदलयात्रीको सिक्री लुटेर भाग्ने समूह फेरि राजधानीमा सलबलाएको छ ।
दिनभर रेकी गरी बाटो ढुकेर सिक्री लुटपाट गर्ने घटना दोहोरिएपछि प्रहरीलाई टाउको दुखाई बनेको छ । यो साता मात्रै दुईवटा यस्ता घटना भएका छन् ।

शान्तिनगरकी जुलु राई बिहीबार मोटरसाइकलमा आएका अपरिचित दुई युवाबाट लुटिएकी छन् । उनले लगाएको साढे तीन तोलाको सिक्री लुटिएको हो ।

यसअघि मंगलबार नयाँबजारस्थित भट्ट क्याफे अगाडि बीना महर्जनको एक तोलाको सिक्री पनि मोटरसाइकलमै आएका दुई युवाले लुटेका थिए । दुवै घटनाका लुटेरालाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us