मृदुला भन्छिन, ‘मैले पाइन्ट लगाएको थिएँ, पत्रकारका आँखाले कट्टु देखेछ’

काठमाण्डु टुडे २०७१ असोज २५ गते २:२३ मा प्रकाशित

mridulaकाठमाण्डु, २५ असोज– प्रधानमन्त्रीकी जनसम्पर्क सल्लाहकार मृदुला कोइरालाले नभएको कुरा प्रचारमा ल्याएर मिडियाले आफ्नो बेइज्जत गरेको बताएकी छन् ।

प्रधानमन्त्रीले विदेशी प्रतिनिधिहरुसित भेटवार्ता भइरहेका बेला आफूले कट्टु लगाएर अभिएको भनेर गरिएको चर्चा वाहियात भएको टिप्पणी गर्दै उनले फोटोलाई राम्ररी नहेरी आफ्नो चरित्र हत्या गरिएको भन्दै आक्रोस पोखिन् ।
त्यतिबेला आफूले स्किन कलरको कट्राइज पाइन्ट लगाएको र त्यसमाथि सेतो स्विटर पनि लगाएको कोइरालको दाबी छ । ‘मैले त्यतिबेला स्किन कलरको कट्राइज पाइन्ट लगाएको थिएा । माथि कालो रङको तिघ्रासम्म आउने टिसर्ट र त्यसमाथि सेतो स्विटर पनि लगाएको थिएँ’ मृदुलाले भनिन्, ‘फोटोलाई जुम गरेर राम्रोसित हेर्नुभयो भने पनि पाइन्ट प्रस्टै देखिन्छ । एउटी महिलाको हावादारी कुराको पछाडि लागेर बेइज्जत गर्न मिल्छ ? ’

उनले देशको प्रधानमन्त्री र त्यत्रा भिआइपीहरु भएको कोठामा कट्टु लगाएर बस्ने आफू बहुलाई नभएको समेत बताइन् । उनले यस्ता कमन सेन्स आफूसँग भएको भन्दै पत्रकारितको धर्म निर्वाह नगरी समाचार प्रवाह गरेकोप्रति आक्रोस व्यक्त गरिन् ।

‘पत्रकारिताको धर्म हुँदैन ? कुरोको चुरोमा नपुगिकन ,अर्को पक्षको भनाइ नराखिकन समाचार बनाउन पाइन्छ ? हावादारी समाचारले अरुको प्रतिष्ठामा कति हानी हुन्छ भन्ने सोच्नु पर्दैन ?’ उनले आक्रोस व्यक्त गरेकी छन् ।
कोइरालाले महत्वपूर्ण भेटघाटमा औपचारिक ड्रेसमा उपस्थित हुनु पर्ने भए पनि आकस्मिक रुपमा भेटघाट हुन पुगेकाले आफू अनौपचारिक ड्रेसमा नै देखिएको प्रस्ट पारिन् ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us