सहमतिबिना संविधान जारी गरे काँग्रेस – एमालेको मात्र : प्रकाश

काठमाण्डु टुडे २०७१ असोज २४ गते १२:४२ मा प्रकाशित

चितवन , २४ असोज – एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले काँग्रेस – एमालेले सहमतिभन्दा बाहिर गएर संविधान जारी गर्न खोजे सबैलाई हानिकारक हुने बताएका छन् ।

narayan-kaji_20111226084444क्रान्तिकारी पत्रकार संघ जिल्ला शाखा चितवनले शुक्रवार भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार भेटमा प्रकाशले सहमतिमार्फत संविधान जारी गर्नुको विकल्प नभएको बताए । ‘आजको ऐतिहासिक आवश्यकता सहमतिको आधारमा संविधान जारी गर्नु नै हो,’ उनले भने , ‘त्यसैले सहमति अनुसार नै संविधान बन्छ ।’

प्रकाशले मोहन वैद्य नेतृत्वको नेकपा- माओवादी संविधानसभा भन्दा बाहिर भएको अवस्थामा सहमतिबिना कांग्रेस र एमालेले मतदानमार्फत संविधान जारी गरे त्यो संविधान दुइ पार्टीको मात्र हुने जिकिर गरे ।

उनले कांग्रेस र एमालेले ०४७ सालको संविधान जारी गर्न खोजेको भन्दै त्यस्तो सपना नसाच्न आग्रह गरे ।

प्रकाशले तोकिएकै समय माघ ८ मा संविधान जारी गर्न रातसाँझ केही नभनी सहमतिका लागि प्रयास परेपनि समय कमजोर बन्दै गएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us