अदालतको स्वतन्त्रताको प्रश्नमा कसैसँग पनि सम्झौता गर्दिन : प्रधानन्यायाधीश

काठमाण्डु टुडे २०७१ असोज २४ गते ११:३९ मा प्रकाशित

काठमाण्डु, २४ असाेज –  नवनियुक्त प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले अदालतको स्वतन्त्रताको प्रश्नमा कसैसँग पनि सम्झौता नगर्ने बताएका छन् ।

ram kumar shahaशपथ ग्रहणपछि कार्यभार सम्भालेलगत्तै आयोजित पत्रकार सम्मेलनमा उनले अदालतको स्वतन्त्रताका लागि आफू सक्रिय भएर लाग्ने बताए । प्रधानन्यायाधीश साहले अदालतमा सूचना र प्रविधिको अत्यधिक प्रयोग गर्ने, प्रत्येक मुद्दाको डिजिटल फाइल बनाउने र विस्तारै सबै कागजातलाई प्रयोगविहीन बनाउने जानकारी दिए ।

मुद्दा व्यवस्थापनलाई आधुनिकीकरण गरिने, बलात्कार, मानव बेचबिखनलगायतका गम्भीर प्रकृतिका अपराधमा निरन्तर सुनुवाइ गरी तीन महिनामै निर्णय दिने व्यवस्था गरिने, तारिखलाई स्वेच्छिक बनाइने उनले बताए ।

दालतमा पेस भएको मुद्दाको कार्यतालिका बनाउने र यसबाट मुद्दाका पक्षले आफ्नो मुद्दामा के हुँदैछ भनेर थाहा पाउन सक्ने व्यवस्था गर्ने, गरिब तथा असहाय व्यक्तिका लागि निःशुल्क कानुनी सेवा उपलब्ध गराउने, न्यायाधीश तथा कर्मचारीको आचारसंहिताको पालना भए/नभएको अनुगमन गर्ने र सबै अदालतको काम कारबाही सिसी टिभीबाट अनुगमन गर्ने प्रबन्ध मिलाउने साहले बताए ।

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us