झोलामा विद्यालय बोकेर हिड्नेविरुद्ध मुद्धा दायर

काठमाण्डु टुडे २०७१ असोज २४ गते ११:०६ मा प्रकाशित

काठमाण्डु, २४ असोज – सर्लाही बसन्तपुर गाविस ४ स्थित सुमित आदर्श विद्या मन्दिरको नाममा झोले विद्यालय खडा गरी आर्थिक अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

akhtiyarआयोगले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष चन्देश्वर राय यादव, प्रधानाध्यापक सरोजिया कुमारी र स्रोतव्यक्ति लक्ष्मीप्रसाद राय बिरुद्ध शुक्रबार विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो ।

उनीहरुले २०६८ असार ३० देखि २०७० असार २० गतेसम्मको अवधिमा पटक पटक सरकारी रकम निकासा लिने दिने गरेको र आय व्ययको सामाजिक तथा अन्तिम लेखा परीक्षण समेत नगराएको अख्तियारको ठहर छ ।

उनीहरु उपर १ लाख ५८ हजार ७ सय रुपैयाँ विगो कायम गरी हदैसम्मको सजायको मागदावी गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us