काठमाण्डु, २४ असोज – एकीकृत माओवादीसहितको संघीयता पक्षधर २२ राजनीतिक दलले पहिचानसहितको संघीयता नभए संविधान मान्य नहुने चेतावनी दिएका छन् ।
शुक्रबार राजधानीको माइतीघर मण्डलामा आयोजित कोणसभामा २२ दलले यस्तो तर्क पेश गरेका हुन् ।
सभामा बोल्दै एकीकृत माओवादी महासचिव कृष्णबहादुर महराले काँग्रेस – एमालेले तथाकथित अङकगणितको खेलमा लागेर संविधान जारी गरे संघीयता जिरोघीलाई नछाड्ने चेतावनी दिएका छन् । राजतन्त्रविरुद्ध लडेको शक्तिको नाताले जनताका मुद्धालाई कुल्चेर संविधान ल्याउने कुचेष्टा गरे आन्दोलनको अर्को आँधीबेहरी ल्याउने धम्कीसमेत दिएका छन् ।
‘सहमति बेगर संविधान जारी गरे संविधान त जल्छ, जल्छ । तर, बलमिच्याइँ गर्ने दलको भविष्य पनि जनताले एक एक हिसाब गरेर जलाउने छन् ’ महराले भने, ‘ पहिचानसहितको संघीयता भएको संविधान जारी नगरे त्यसको लेखाजोखा चाँडै नै देखाइदिनेछौ । ’
सभामा विभिन्न भेषभुषा, धर्म , संस्कृति, परम्परा झल्कने झाँकीसहित जनताको सहभागिता रहेको थियो ।
सभामा आदिवासी /जनजातीतर्फवाट बुद्धिजिवी ओम गुरुङ , मधेसी नेता जितेन्द्र देव, थारु समुदायबाट भानुराम थारुलगायतले संवोधन गरेका थिए ।