
काठमाण्डु, २४ असाेज – यस बर्षको नोबेल शान्ति पुरस्कार पाकिस्तानकी शिक्षा अभियन्ता मलाल युसाफाजाई र भारतीय बाल अधिकारकर्मी कैलाश सत्यार्थीले पाउने भएका छन् ।
१७ वर्षीय मलाला यो पुरस्कार पाउने सबैभन्दा कान्छी विजेता बनेकी छन् ।
बालिका शिक्षाको अभियानमा लाग्दा उनलाई तालिबानी बन्दुकधारीले अक्टोबर २०१२ मा गोली हानेका थिए ।
नोबेल कमिटीले बालबालिका र युवाको पक्षमा उनीहरुले गरेको संघर्षको लागि पुरस्कार दिइएको जनाएको छ ।
६० वर्षीय सत्यार्थी गान्धीवादी शैलीबाट बाल अधिकारको पक्षमा संघर्षरत छन् ।
यो बर्षको शान्ति पुुरस्कारको लागि पोप फ्रान्सिस, कंगोलीज गाइनोकोलोजिष्ट डेनिस मुकवेजेसहित २७८ जनाको नाम सिफारिस भएको थियो ।