पारस बैंककमा पक्राउ परेपछि ज्ञानेन्द्रलाई फेरि हृदयघात हुने कोमललाई चिन्ता

काठमाण्डु टुडे २०७१ असोज २४ गते ६:५६ मा प्रकाशित

काठमाण्डु, २४ असोज– छोरा पारस लागुऔषधसहित फेरि बैंककमा पक्राउ परेपछि पूर्वराजा ज्ञानेन्द्र शाहलाई सञ्चार सम्पर्कबाट टाढै राखिएको छ ।

gyanendra
श्रोतका अनुसार पूर्वरानी कोमलसहित परिवारका सदस्य र सहयोगीले ज्ञानेन्द्रलाई पारस पक्राउ परेको जानकारी दिएका छैनन् । उनलाई टिभी हेर्न दिइएको छैन ।

पासरका कारण पटकपटक तनाव झेल्दै आएका ज्ञानेन्द्र शाहलाई केही समयअघि हृदयघात भएको थियो । नर्भिक अस्पतालमा मुटुको अप्रेसन गरेका उनी नागार्जुन दरबारमा आराम गरिरहेका छन् । चिकित्सकको सल्लाहमा उनलाई मानिसहरुको सम्पर्कबाट टाढा राखिएको छ ।

त्यही कारण उनले यसपटकको दसैंमा समर्थकलाई टीका समेत लगाएनन् । पारस पक्राउ परेको खबर थापा दिँदा फेरि हृदयघात हुन सक्ने भन्दै ज्ञानेन्द्रलाई त्यसबारे जानकारी नदिइएको नागार्जुन श्रोतले जनाएको छ ।

थाई प्रेमिकासँग बैंककमा मस्ती गर्दै आएका पारस लागूऔषध कारोरमा संलग्न रहेको अभियोगमा पटकपटक पक्राउ पर्दै आएका छन् । उनी बुधबार ५ दशमलब ८ ग्राम पारिणामका एक दर्जन बढी गाँजाका पोकासहित पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us