धादिङमा बञ्चरोले हानेर शिक्षकको हत्या

काठमाण्डु टुडे २०७१ असोज २४ गते ४:३४ मा प्रकाशित

धादिङ, २४ असोज– धादिङमा उक शिक्षकको बञ्चरो प्रहार गरी हत्या भएको छ ।

नीलकण्ठ नगरपालिका–१३ स्थित पाँचकन्या निमाविका शिक्षक भरत सारुमगरको बञ्चरो प्रहार गरी हत्या भएको हो । उनको शब बिहीबार घरनजिकैको खोदो बारीमा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उनी बुधबारदेखि हराएको भन्दै परिवारले खोजी गरेको थियो । प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us